शनिबार, वैशाख ५, २०८३

सुनको भाउ लगातार घट्दै, आज कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० असोज १४ गते १२:०१

काठमाडौं । आज आइतबार पनि सुन चाँदीको भाउ घटेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेकाे हाे।

गत साताको मंगलबारदेखि घटेको सुनको मुल्यले यस साता पनि निरन्तरता पाएको हो ।

आज तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया