चितवनमा चलचित्र अवार्ड

चितवन । चितवनमा चलचित्र अवार्ड हुने भएको छ । ‘लक्की मिडिया हाउस’को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको हो । आयोजक संस्थाले जिल्लामा पहिलोपटक चलचित्र अवार्ड गर्न लागेको हो ।
‘लक्की फिल्मी अवार्ड, २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली सिने जगत्को संरक्षण र जगेर्ना गर्न मोफसलबाटै अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले जानकारी दिए ।
‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ नाराका साथ आयोजना गर्न लागिएको उक्त अवार्डमा विभिन्न १० विधामा मनोनयनको काम सम्पन्न भएको छ । दश विधामा उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र रहेका छन् । ती विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
विधाबाहेक निर्णायक, लोकपृयलगायतका विधामा अवार्ड प्रदान गरिने कार्कीले जानकारी दिए । असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीको साथमा भव्यरुपमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया