जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक वितरण

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गरेका छन् ।
जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए ।
“जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विपन्न वर्गका विद्यार्थीलाई पोसाक वितरण गरेर सहयोग गरेको हुँ”, वडाध्यक्ष ओलीले भने, “आफ्नो जन्मदिनमा अरू कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले जे सकेँ त्यही गरेको मात्र हुँ ।”
सामाजिक क्षेत्रमा काम गर्दै आएका उनले विद्यालय पोसाक किन्नसमेत गाह्रो भएका अभिभावक तथा विद्यार्थीलाई पोसाक प्रदान गरेका विद्यालयका प्रधानाध्यापक कालीबहादुर विष्टले बताए । यसअघि पनि वडाध्यक्ष ओलीले आफ्नो जन्मदिनका अवसरमा खेलकुद मैदान र मन्दिरलगायत संरचना निर्माण गरेका थिए ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया