दार्चुलामा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु
मेरोन्यूज
२०८० असोज १८ गते १४:०१

दार्चुला । दार्चुलामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ ।
कैलालीको धनगढीबाट खाद्यान्न बोकेर दार्चुलाको दुहु गाउँपालिका–२ तर्फ गइरहेको से १ ख १२५२ नम्बरको ट्रक आज (बिहीबार) बिहान सडकबाट करिब दुई सय ५० मिटर तल राताकाठा भिरमा खसेको हो।
दुर्घटनामा परी दुहु गाउँपालिका–३ ब्रहमदेबका करिब ४५ वर्षीय करनसिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सवारी चालक भने अहिले फरार छन्। उनको खोजी भइरहेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको कमान्डमा ७ जना प्रहरी खटिएका छन् । दुर्घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया