पार्टीको ९ बुँदे प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग वार्ताको औचित्य छैन : नेसपा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रलाई पठाएको ९ बुँदे प्रस्तावको जवाफ नआउँदासम्म एकता वार्ताको औचित्य नरहेको बताएको छ।
असोज १५ गतेदेखि १७ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग एकताबारेको वार्ताको औचित्य नहुने बताएको हो । बैठकमा पार्टी एकताबारे अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरिएको बैठकपछि अध्यक्ष डा. बाबुराम भट्टराईजे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘हामीले प्रस्तुत गरेको ९ बुँदे समष्टिगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म वार्ताको औचित्य नरहेको हाम्रो पार्टी स्पष्ट गर्दछ।’
गत वर्ष मंसिरमा भएको चुनावमा माओवादीसँग सहकार्य गर्दै नेसपाले माओवादीकै चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको थियो। माओवादी र नेसपा एकता गर्ने भने पनि पछिल्लो समय माओवादीले नेसपाका एक अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै पत्र पठाएका थिए। नेसपामा बाबुराम भट्टराई पनि अध्यक्ष छन्। त्यसले नेसपामा विवाद देखिएको थियो ।
माओवादीले रूपान्तरणसहित समाजवादी ध्रुवीकरणभन्दा पनि दाउपेचको राजनीति मात्र गर्न खोजेको निष्कर्षमा नेसपा केन्द्रीय कार्यकारिणी समिति पुगेको छ। माओवादीमा समाजवादी केन्द्र निर्माणमा भन्दा पनि तत्कालका लागि अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखिएको नेसपाको आरोप छ।
यस्तो छ पार्टी कार्यकारीणी बैठकले गरेको निर्णय :


















मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया