सामाजिक सद्भाव भड्काउन किन खोजिदैछ ?

सुरुमा पूर्व धरान, लगत्तै मधेशको सर्लाही र अहिले पश्चिम नेपालगन्ज । डेढ महिनायता मात्र तीन सहरमा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले कर्फ्यु लगाउनुपरेको छ ।
पछिल्लो पटक शुक्रवार मात्रै पश्चिम नेपालको भारतसँग सीमा जोडिएको नेपालगन्जमा बिहान ६ बजेदेखि राती ८ बजेसम्म नेपालगन्ज नगरपालिका क्षेत्रभित्र (पूर्वमा राप्ती नदी फु, पश्चिममा खजुरा रोडको इन्द्रपवुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा निषेधाज्ञा र बेलुकी कर्फ्यु आदेश जारी छ ।
गत मंगलबार एकाएक अशान्त देखिएको नेपालगन्जमा त्यसदिन पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । त्यसपछि केही शान्त हुन खोजेको उपमहानगरमा फेरि अशान्तको वातावरण देखिन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु जारी गरेको हो ।
फरक धार्मिक समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा कुनै व्यक्ति विशेषले स्टाटस लेखेपछि दुई समुदायका नाममा र्याली निकाल्ने प्रतिस्पर्धा चल्न थालेपछि प्रशासनले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको हो ।
यसअघि गत भदौ २२ र असोज ४ मा पनि यस्तै विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा सर्लाही सदरमुकाम मलंगवामा निषेधाज्ञा जारी गरिएको थियो । पूर्वको धरानमा पनि धार्मिक साम्प्रदायिक हिंसा भड्किने स्थिति देखिएपछि गत भदौ ९ मा कर्फ्यु जारी गरिएको थियो ।
केही समययता नेपालीको आम स्वभावविपरीत सामाजिक सद्भाव भड्काउने खालका गतिविधि देखिन थालेका छन् । यसले संवेदनशील बनाईदिएको छ ।
के भन्छ सरकार ?
पूर्वको धरान हुँदै मधेसको सर्लाही सदरमुकाम मलंगवा हुँदै पश्चिम नेपालगञ्जसम्म सामाजिक सद्भाव भड्किने खालको गतिविधि देखिन थालेपछि सरकारले मन्त्रिपरिषद्को बैठकबाटै सामाजिक सद्भाव कायम राख्न आग्रह मात्र गरेको छैन, घटनालाई गम्भिर रुपमा लिादै विशेष प्रस्ताव नै पारित गरेको छ ।
सरकारले मन्त्रिपरिषद्बाटै पारित गरेको विशेष प्रस्तावमा भनिएको छ–‘विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभीमान वा राष्ट्रिय हित वा संघीय एकाईबिचको सुसम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनुहुन एवं विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने गतिबिधि नगर्न नगराउनुहुन सम्बन्धित सबैमा नेपाल सरकार हार्दिक अनुरोध गर्दछ । साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहिन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न नगराउन समेत नेपाल सरकार हार्दिक अपिल गर्दछ ।’
सरकारले असामाजिक र सद्भाव विथोल्ने हर्कत रोक्न अपिल गरेपनि भित्री अन्तरकुन्तरमा अदृश्य चलेखल जारी रहेको देखिन्छ । खासगरि नेपालमा दुई समुदायका बीचमा अस्वभाविक चलखेल र उक्सावटमा ल्याउने र समुदाय समुदाय भिडाउने कुन्सत खेलमा केही अदृश्य शक्तिहरु लागिपरेको सरकारको बुझाई छ ।
संविधानसभाबाट निर्माण भएको संविधान र त्यसको अन्तर्यमा रहेका कतिपय विषय जान ÷अन्जान कतिपय शक्तिहरुलाई मन परेको छैन । ती शक्तिहरु पनि नेपाललाई अस्थिरतामा लैजान चाहिरहेको बुझाईमा सुरक्षा निकाय छन् । जसकाकारण पूर्वका धरान हुँदै मधेसको मलंगवा र अहिले नेपालगञ्जसम्म भईरहेका गतिविधि स्वतःस्फूर्त नभएको बुझाईमा सुरक्षा निकाय प्रष्ट देखिएको छ ।
‘नेपथ्यमा कोही छ जो सामाजिक सद्भाव भड्काउन चाहन्छ, योजना केही छ जसको आधारमा राजनीतिक अभीष्ट पूरा गराउने चाल छ,’ सुरक्षा निकाय निकट स्रोत भन्छ ।समाजिक सन्जालको दुरुपयोग गदैं मानिसहरुको भावनात्मक सम्वन्धमा चोट पार्ने, अतिरज्जित र ‘फेक’ सूचना सम्प्रेषण गर्ने र त्यसबाट सामाजिक सद्भाव भड्काएर आफनो राजनीतिक आर्थिक अभिष्ट पूरा गर्न चाहाने शक्तिहरु अहिले सल्वलाउन थालेको सुरक्षा स्रोतको जिकिर छ । नेपालगञ्जमा पछिल्लो पटक विथोलिन खोजेको सामाजिक सद्भाव त्यस्तै सामाजिक सन्जालमा अमूक ब्यक्तिले राखेको स्टाटस्बाटै भएको देखिएको छ ।
यसले समुदाय समुदायका बीचमा टसलको अवस्था निम्ताएको छ । सरकारले यस्ता टसलका बारेमा बेलैमा संवेदनशील र सचेत भएर सोच्नुपर्ने कतिपय जानकारहरुको टिप्प्णी छ । ‘सरकारले विशेष प्रस्ताव पारित गरेर अपिल गरेमा मात्र सामाजिक सद्भाव कायम हुन सक्दैन,’ सुरक्षा क्षेत्रमा काम गरिरहेका एक जानकार भन्छन्,–‘यस्तो वेला सरकारले समुदायवीचको सौहार्दता कायम राख्न जुनुकनै कदम चाल्न सक्नुपर्छ । सचेत र सजक पहलकदमी लिन सक्नुपर्छ ।’
कुनै दल विशेष या राजनीतिक अभिष्ट पूरा गर्ने समुह विशेषले सत्ताको गन्तव्यमा पुग्ने यात्रा आर्थिक, राजनीतिक एजेन्डाको सिँढीबाट गुज्रनुपर्छ । कुनै पनि समुदायलाई धर्मान्ध बनाएर जनताको टाउकोमा चढेर कोही सत्तामा पुग्न चाहन्छ भने सर्वसाधारणले यस्तो उद्देश्यलाई निरुत्साहित गर्नुपर्ने जानकारहरुके मत छ ।
‘समुदायबीचको सौहार्दता नै हो । त्यसका लागि सम्बन्धित समुदायका अगुवाले अग्रसरता देखाउनुपर्छ । त्यसमा स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजको सहजीकरण आवश्यक छ ।’ सुरक्षा विश्लेषकहरु बताउँछन् ।
अहिले सामाजिक सञ्जालमा भड्काउ सामग्री राख्ने र उत्तेजना फैलाउने क्रम बढेको देखिन्छ । नेपालगन्जकै सन्दर्भमा पनि कुनै समुदाय विशेषलाई दोषारोपण गर्ने गरी देश विदेशका पुराना तस्बिर तथा भिडियो प्रसार भइरहेका छन् । डेढ महिनाअघि पनि धरानलाई जोडेर त्यस्तै भ्रमपूर्ण सामग्री प्रसार गरिएका थिए ।
धर्म–धर्म, समुदाय–समुदायबीच तनावको अवस्थामा सद्भाव र्याली निकाल्ने चलन छ । तर सबै पक्षको हार्दिकतापूर्ण सहभागिताले मात्र यस्ता र्याली प्रभावकारी हुन सक्छन् । सद्भावका नाममा कुनै बस्ती विशेषमा बाहुल्य भएको समुदायले शक्ति प्रदर्शन गर्न खोजेमा यस्ता पहल प्रत्युत्पादक हुन सक्छन् । स्थानीय सरकार, राजनीतिक दल र प्रशासन यस्ता विषयमा सतर्क रहनुपर्ने देखिएको छ ।









राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर
प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
प्रतिक्रिया