अहेव कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । स्याङ्जाका चापाकोट नगरकार्यपालिकाको कार्यालय,चापाकोट स्याङ्जाका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध अकुत सम्पत्ती कमाएको आरोप लागेको छ। ९० लाख रुपैयाँ बढी गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको पुष्टि हुन आएकाले कोइरालाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सार्वजनिक सेवामा रहँदा करिब २० वर्षको अवधिमा कोइरालाले आर्जन गरेको सम्पत्तीमध्ये ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको अख्तियारको ठहर छ। उनले २०५४ साल कार्त्तिक ५ मा सरकारी सेवामा प्रवेश गरेका थिए।
सार्वजनिक नियुक्ति पाएको मिति २०५४।०७।०५ गतेदेखि २०७८।०८।२१ गतेसम्मको जाँच अवधिमा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ आर्जन गरेको र सोही अवधिमा ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारको जनाएको छ।
जागिर अवधिमा कोइरालाले खर्च, लगानी तथा सम्पत्ती आर्जनमा ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको पुष्टि भएको अख्तियारले जनाएको छ।
कोइरालालाई सोही रकम बराबर विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्तीबाट जफत,असुल गर्न माग दाबी गरिएको छ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया