मंगलबार, माघ २७, २०८२

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी

मेरोन्यूज २०८० असोज २० गते १८:१८

काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीमा पनि नेतृत्व चयनका लागि चुनाव हुने भएको छ । नेतृत्व हात पार्न दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष प्रेमकुमार पराजुली र पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कमिटि उपसचिव रहेका चन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका हुन् ।

पराजुलीलाई महासचिव शंकर पोखरेल समुहले साथ दिन चाहेको छ भने रिजाललाई उपाध्यक्ष विष्णु पौडेल समुहले अगाडी सारेको बताइएको छ ।

अधिवेशनमा ३ सय प्रतिनिधिहरु सहभागी छन् ।

प्रतिक्रिया