लगातार ओरालोतर्फ नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौँ । नेप्से परिसूचक सोमबार पनि घटेको छ । बिहीबार र आइतबार घटेको नेप्सेले आज पनि त्यही गतिलाई निरन्तरता दिएको हो ।
सोमबार नेप्से परिसूचक १२.५८ अंक घटेर १९०८.६६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.८३, फ्लोट इण्डेक्स ०.९४ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार १ अर्ब ८० करोडको शेयर कारोबार भएको बजारमा आज २८७ स्टकको ४८ हजार ४४४ पटकको कारोबारमा १ अर्ब १७ करोड १ लाख रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम छ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रह्यो । बैंकको ३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया