एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता

धनगढी । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। तिमिल्सिना, जैसी र साउद तीनै जना अछामका हुन्।
अध्यक्षमा उम्मेदवारी दिएका अर्का बचनबहादुर सिंह भने कञ्चनपुरका हुन् ।
तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको छ । मुख्य प्रतिस्पर्धा यी दुई बीचमा हुने बताईएको छ ।
निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।
साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।
निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।
यद्यपि यसबीचमा सहमतिको प्रयास गरिने हुँदा निर्वाचन आजै हुनेमा प्रतिनिधिहरूले शंका गरेका छन्।
एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेको अधिवेशनको बन्द शत्र लगायतको काम सम्पन्न गरेर आउन उनलेम हासचिव शंकर पोखरेललाई जिम्मा दिएका थिए ।
एमालेले सांसदहरुलाइ कार्यकारी जिम्मा नदिने निर्णय गरेपछि निवर्तमान अध्यक्ष भण्डारी भने उम्मेदवारी दिनबाट रोकिएका थिए ।
















रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
प्रहरी हवल्दारको हत्याको अभियोगमा ३ जना पक्राउ, ४ फरार
सेयर बजारमा लगातार तेस्राे दिन गिरावट
Ramechhap bus accident: 10 dead identified
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
प्रतिक्रिया