दसैंलाई लक्षित गरी लक्ष्मी सनराइज बैंकले ल्यायो विभिन्न अफर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले दसैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो । असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ।
परम्परागत रूपमा दसैंमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खानपिन, भ्रमण, शपिङ्ग तथा रमाइलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो। पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ।
यो अफर असोज १८ गतेदेखि कात्तिक ९ गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ। अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गतेसम्म लागू रहनेछ।
यसैगरी ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमान्डु एपबाट अर्डर गरी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल मनीबाट अनलाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ।
यसै अफर अन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ।
‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल मनीमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।
र, क्यासब्याक अफरहरु बाहेक असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिटेन्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिटेन्स खातावाला ग्राहकहरूका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिटेन्स पठाउँदा मात्र मान्य हुनेछ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया