प्रहरीद्वारा तीनकुने सामूहिक हत्या आरोपी भण्डारीविरुद्ध जन्मकैद माग

काठमाडौं । तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाका आरोपी सञ्जय भण्डारीविरुद्ध जन्मकैद माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर, काठमाडौंले रायसहित बुझाएको प्रतिवेदनमा जन्मकैदको माग गरिएको छ ।
सरकारी वकिलको कार्यालयले अदालतमा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ ।
भण्डारीको बयानका आधारमा थप अनुसन्धान गर्नुपर्ने देखिएपनि २५ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउनुपर्ने बाध्यता भएकाले प्रतिवेदन बुझाइएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । प्रहरीले थप छानबिन गर्न मिल्ने बाटो राखेको छ ।
प्रहरीले पक्राउ गरेपछि सिन्धुपाल्चोकका भण्डारीले सः मिलको बन्द गेटबाट माथि चढेर भित्र गएर विशाल राईको हत्या गरेको बयान दिएका थिए । त्यसपछि अरु थप तीन जना पनि आएपछि हत्या गरेर शव व्यवस्थापन गरेको बताएको अनुसन्धान प्रतिवेदनमा प्रहरीले उल्लेख गरेको छ ।
भण्डारीले अनुसन्धानका क्रममा कम्तिमा ६ वटा हत्यामा संलग्न रहेको भन्दै सनसनीपूर्ण बयान दिएका थिए । त्यसपछि प्रहरीले उनलाई विभिन्न ठाउँमा समेत लिएर गएको थियो । ‘उनले भनेका आधारमा विभिन्न ठाउँमा लगेर भेरिफाइ गर्ने प्रयासहरु गर्यौं’, एसएसपी खत्रीले भने, ‘तर, तत्कालै मुद्दा चलाउन सक्ने स्थिति देखिएन ।’
प्रहरीले भण्डारीको ‘ब्रेन म्यापिङ’ समेत गराएको थियो । आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ब्रेन म्यापिङ विधिको प्रयोग गरिएको थियो ।
















आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
Former PM Bhattarai bereaved of father
प्रतिक्रिया