हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
मेरोन्यूज
२०८२ माघ २५ गते १०:३८

कञ्चनपुर, २५ माघ ः कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको छ ।
गए राति जङ्गली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते भएकी छन् । घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो ।
सम्बन्धित















PM Karki wishes success to Nepal cricket team in T-20 World Cup
ललितपुर खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया