नियमविपरीत ओलीलाई स्वागत गर्न विमानस्थलको धावन मार्गमा एमाले कार्यकर्ता
जनकपुर विमानस्थलले लेख्यो सुरक्षा निकायलाई पत्र

जनकपुरधाम । नियमविपरीत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यकर्ता पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलको धावनमार्गमा पुगेका छन् । विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै विमानस्थल प्रमुख भीम दत्त पन्तले सुरक्षा निकायलाई पत्र लेख्न लेखेका छन् ।
यति एयर चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ताहरु धावनमार्गमा विमानको ढोकासम्मै पुगेका थिए ।
अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि एमाले कार्यकर्ताले नियम मिचेको प्रमुख पन्तले बताए । यो घटनाले हवाई सुरक्षाको नियम उल्लंघन भएको भन्दै सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेखेको विमानस्थल प्रमुख पन्तले बताए ।
‘धावन मार्गमै पुगेर राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत गर्ने प्रवृति छ । आज प्रहरी र कर्मचारीले रोक्दा रोक्दै धावनमार्गमा कार्यकर्ता पुगे । हवाई सुरक्षा उल्लंघन गरेकाले सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्यौँ,’ पन्तले भने । यसबारे आफूले धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तले बताए ।
एमाले मधेश प्रदेश अधिवेशन उद्घाटन गर्न ओली बुधबार जनकपुर गएका थिए ।
विमानस्थलले यसअघि भिआइपी रिसिभ गर्न आउँदा ५ जनाभन्दा बढी व्यक्ति नआउनु भनेर पत्राचार समेत गरेका थियो। हवाई सुरक्षाबारे चनाखो हुँदाहुँदै पनि विमानस्थलमा बल प्रयोग भएको विमानस्थल प्रमुख पन्तले बताए ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जनकपुरमा बुधबार हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको बताए । ‘सुरक्षा निकायले नियन्त्रण गर्नुपर्ने हो, को मान्छे हुन्, कुन प्रयोजनका लागि गएका हुन् भन्नेबारे प्राधिकरणले अनुसन्धान गर्नेछ,’ उनले भने।
एमाले मधेश संसदीय दलका नेता सरोज यादवले भने कार्यकर्ताहरू धावनमार्गमा नगएको दाबी गरे ।










इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया