नियमविपरीत ओलीलाई स्वागत गर्न विमानस्थलको धावन मार्गमा एमाले कार्यकर्ता
जनकपुर विमानस्थलले लेख्यो सुरक्षा निकायलाई पत्र

जनकपुरधाम । नियमविपरीत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यकर्ता पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलको धावनमार्गमा पुगेका छन् । विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै विमानस्थल प्रमुख भीम दत्त पन्तले सुरक्षा निकायलाई पत्र लेख्न लेखेका छन् ।
यति एयर चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ताहरु धावनमार्गमा विमानको ढोकासम्मै पुगेका थिए ।
अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि एमाले कार्यकर्ताले नियम मिचेको प्रमुख पन्तले बताए । यो घटनाले हवाई सुरक्षाको नियम उल्लंघन भएको भन्दै सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेखेको विमानस्थल प्रमुख पन्तले बताए ।
‘धावन मार्गमै पुगेर राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत गर्ने प्रवृति छ । आज प्रहरी र कर्मचारीले रोक्दा रोक्दै धावनमार्गमा कार्यकर्ता पुगे । हवाई सुरक्षा उल्लंघन गरेकाले सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्यौँ,’ पन्तले भने । यसबारे आफूले धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तले बताए ।
एमाले मधेश प्रदेश अधिवेशन उद्घाटन गर्न ओली बुधबार जनकपुर गएका थिए ।
विमानस्थलले यसअघि भिआइपी रिसिभ गर्न आउँदा ५ जनाभन्दा बढी व्यक्ति नआउनु भनेर पत्राचार समेत गरेका थियो। हवाई सुरक्षाबारे चनाखो हुँदाहुँदै पनि विमानस्थलमा बल प्रयोग भएको विमानस्थल प्रमुख पन्तले बताए ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जनकपुरमा बुधबार हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको बताए । ‘सुरक्षा निकायले नियन्त्रण गर्नुपर्ने हो, को मान्छे हुन्, कुन प्रयोजनका लागि गएका हुन् भन्नेबारे प्राधिकरणले अनुसन्धान गर्नेछ,’ उनले भने।
एमाले मधेश संसदीय दलका नेता सरोज यादवले भने कार्यकर्ताहरू धावनमार्गमा नगएको दाबी गरे ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया