आइतबार, पुष ६, २०८२

उत्कृष्ट विद्यार्थीलाई साइनिङ नेपालले दियो ल्यापटप

मेरोन्यूज २०८० असोज २४ गते १७:००

काठमाडौँ । साईनिङ नेपाल फाउन्डेसनले तीन सामुदायीक विद्यालयका एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको छ ।

पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण गरेका हुन् ।

गौशालास्थित मङगलादेवी माध्यमिक बिद्यालयको हलमा कार्यक्रममा कामपा–९ का तीन सामुदायीक विद्यालयका एसईईमा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्याप्टप वितरण गरियो ।

गौशालास्थित मङगलादेबि माध्यामिक विधालयकी छात्रा करुणा खरेल, तिलगंगास्थित शारदा माध्यामिक विद्यालयकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित गुहेश्वरी माध्यामिक विद्यालयका छात्र अमन यादवलाई एक, एक वटा ल्यापटप प्रदान गरिएको हो ।

प्रतिक्रिया