राज्यव्यवस्था समितिले गृहमन्त्रालयसँग माग्यो पीएसओ र ड्राइभरको विवरण
मेरोन्यूज
२०८० असोज २४ गते २०:१८

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र ड्राइभरको विवरण मागेको छ ।
समिति सभापति रामहरि खतिवडाले विवरण प्राप्त भएपछि त्यसको प्रयोग, दुरुपयोगका सम्बन्धमा समितिमा छलफल हुने जानकारी दिए ।
पिएसओलाई घरयासी काममा लगाउने लगायतका प्रवृतिका विषयमा सार्वजनिक रूपमा प्रश्न उठिरहेकाले वास्तविकता बुझ्न समितिले विवरण माग गरेको सभापति खतिवडाले जानकारी दिए ।
राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुराले यही असोज ७ गते गृहमन्त्रालयाई पत्र पठाएर १५ दिनभित्र पीएसओ र ड्राइभरको विवरण उपलब्ध गराउन भनिएको थियो । १५ दिनभित्र विवरण उपलब्ध नभएपछि असोज २३ गते समितिले पुनः पत्र पठाएर ताकेता गरेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया