डाक्टरलाई हातपात गर्ने तीन जना पक्राउ

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ का २८ वर्षीय विक्रम विश्वकर्मा र २८ वर्षीय आशिष विश्वकर्मा र वडा नम्बर ९ का अनील विश्वकर्मा रहेको छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार लामिछानेका अनुसार, उनीहरूले मदिरा सेवन गरी हिजो बिहान १ बजे खाँदबारीस्थित जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपातको प्रयास गरेका थिए।
जिल्ला अस्पताल खाँदबारीमा समन्वय अधिकृतको रूपमा खटिएको प्रहरी कर्मचारीले सम्झाई बुझाई गर्दा प्रहरीमाथी नै हातपातको प्रयास गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली पुगेको थियो।
जिल्ला प्रहरीको टोली पुगेर विक्रम र अनीललाई अस्पतालबाटै नियन्त्रणमा लिइएको इन्स्पेक्टर लामिछानेले जानकारी दिए।
प्रहरी पुगेपछि फरार रहेका आशिषलाई हिजो बेलुका पौने ८ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका तीनै जनाविरूद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थप अनुसन्धान भईरहेको इन्सपेक्टर लामिछानेले जानकारी दिए।
















हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया