बुधबार, वैशाख ९, २०८३

चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मेरोन्यूज २०८० असोज २६ गते १०:१८

काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले निष्काशन गरेको आइपीओमा ८ लाख बढीको आवेदन परेको छ । सीडीएससीका अनुसार हाइड्रोपावरको आइपीओमा हिजो बेलुकी ५ बजेर ७ मिनेटसम्ममा ८ लाख ७३ हजार १ जनाले ९५ लाख ६८ हजार ४३० कित्ता शेयरको लागि आवेदन दिएका हुन् ।

Advertisement
NiccNicc

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित सर्वसाधारणका लागि बिक्री गरेको हो ।

यस अघि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँड भएको कम्पनीले जनाएको छ। त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

उक्तपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज २६ गते हुनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ।

प्रतिक्रिया