युट्युवबाट सिकेर च्याउ खेती

गोरखा । गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ ।
“पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भने, “अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ ।” उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उनको भनाइ छ । राम्रो उत्पादन भएको वर्ष च्याउ खेतीबाटै वार्षिक रू सात–आठ लाखभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।
बजारमा राम्रो मूल्यमा बिक्री हुने सिताके च्याउको व्यावसायिक खेतीबाट परिवारका २२ जनाको जीविकोपार्जन भइरहेको सानुमालेले बताए । “विसं २०७२ माघदेखि च्याउ खेती गर्न सुरु गरेका हौँ । अहिले करिब साढे सात वर्ष हुनै लाग्यो”, उनले भने, “सिताके च्याउ खेतीबाट सिजनका बेला दैनिक रू पाँच हजारसम्म आम्दानी हुने गरेको छ । राम्रो उम्रेको बेला एकैदिनमा १०–१२ किलोसम्म उत्पादन हुन्छ ।”
सानुमायाले बजारमा माग बढी भएकाले पु¥याउन नसकिएको बताए । अहिले बजारमा प्रतिकिलो रू पाँच सयसम्म सिताके च्याउ बिक्री हुने गरेको उनले जानकारी दिए ।
उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ । “विशेषगरी मङ्सिरदेखि चैतसम्म राम्रो उत्पादन हुने गर्छ”, उनले भने, “वर्षभरिमा चार महिना राम्रो कमाइ हुन्छ ।” थापामगरको परिवारले दुईवटा प्लास्टिकको घर निर्माण गरेर खेती गर्दै आउनुभएको छ ।
मुटुरोगीलाई फाइदा पुग्ने भन्ने सुनेपछि सुरुमा आफैँले किनेर खाने गरेको र विस्तारै परिवारका लागि सुरु गरिएको खेती अहिले व्यावसायिक बनेको थापामगरले बताए । “पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मीठो भएपछि आफैँले खेती गर्ने सोच बनायौँ”, उनले भने, थोरै लगानीमा सुरु गरिएकामा अहिले राम्रो आम्दानी दिएको छ ।”
“राम्रोसँग तालिम पनि अहिलेसम्म लिन पाएका छैनौँ”, थापामगरले भने, “श्रीमान्ले युट्युब हेर्नुहुन्छ । त्यही हेरेर खेती गर्न सिक्छौँ र त्यसैका आधारमा काम गछौँ ।” सुरुमा काठको मुढामा प्वाल पारेर बीउ रोपेपछि करिब छ महिनापछि त्यसले उत्पादन दिन सुरु गर्ने उनले भनाइ छ । एकपटक रोपेको बीउले निरन्तर पाँच वर्षसम्म उत्पादन दिने उनले बताए ।
















माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
एमाले अध्यक्ष ओलीले गरे हुलाकी राजमार्गको अवलोकन
साेमबार पनि घट्याे नेप्से, काराेबारमा पनि गिरावट
पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रतिक्रिया