कोशीका प्रदेश प्रमुख खापुङले ५ बजेपछि मुख्यमन्त्री नियुक्तिको प्रक्रिया थाल्ने

विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आज ५ बजेपछि मात्रै मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउने भएका छन् । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी गर्न प्रदेशसभा सदस्यहरूलाई आज साँझ ५ बजेसम्मको समय दिएका थिए । आफूले दिएको समय सकिएपछि मात्रै नियुक्ति प्रक्रिया सुरु गर्ने उनले जनाएका हुन् ।
मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेपाली काँग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर मुख्यमन्त्री नियुक्ति प्रक्रियाबारे चासो राखेका थिए । त्यसको जवाफमा प्रदेश प्रमुख खापुङले ५ बजेपछि मात्रै प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
विराटनगरस्थित काँग्रेस कार्यलयमा प्रदेश कार्यसम्पादन समितिको बैठक चलिरहँदा कार्कीसहितका काँग्रेस सांसदहरू प्रदेश प्रमुखलाई भेट्न गएका थिए।
प्रदेश प्रमुख कार्यालयका एक कर्मचारीले कार्कीसहितको टोलीले मुख्यमन्त्री नियुक्ति प्रक्रियाबारे प्रमुखसँग जिज्ञासा राखेको जानकारी दिए ।
प्रदेश प्रमुखले ५ बजेपछि कानुनी परामर्श थाल्ने, अहिले परेका दाबीपत्रमाथि कारवाही थाल्ने तयारी गरेको प्रदेश प्रमुख कार्यालयले बताएको छ ।
‘हामी कानुनी परामर्श गरेर, संविधान अनुसार प्रक्रिया अघि बढाउँछौं । प्रदेश प्रमुखले आवश्यक परे दुवै पक्षका सांसदलाई सनाखतका लागि बोलाउन सक्नुछन्छ,’ प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो ।
कोशीमा मुख्यमन्त्री दाबी गर्दै सत्ता गठबन्धनबाट इन्द्रबहादुर आङ्बोले र एमालेको समर्थनमा काँग्रेसका ८ सांसदको हस्ताक्षरसहित केदार कार्कीले पनि बिहीबार दाबीपत्र पेस गरेका छन्।
मुख्यमन्त्रीमा दाबी गरेका कार्कीसहितका ८ जना आफ्ना सांसदलाई हस्ताक्षर फिर्ता लिएर गठबन्धनको निर्णय अनुसार माओवादी नेता आङ्बोलाई मुख्यमन्त्रीमा सघाउन काँग्रेसले आग्रह गरेको छ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया