चार जनाको सामुहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

काठमाडौँ । गत भदौ २९ गते राति काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चार जनाको बीभत्स हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान भएका छन्।
शुक्रबार काठमाडौं जिल्ला अदालतले सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा हत्यामा संलग्न एकजनालाई प्रतिवादी बनाएर बिहीबार मुद्दा दायर गरेको थियो।
काष्ठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका ८ का पूर्णबहादुर भुजेल, श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो।
उनीहरूको हत्या अभियोगमा भदौ ३१ गते काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको थियो।
भण्डारीले बयानका क्रममा हत्या कसरी गरे भन्ने खुलाएका छन्। उनले नवीन राई भन्ने विशाल राईसँग आफ्नो रिसइबी रहेको र उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।
हत्या गर्ने क्रममा घटना बाहिर आउने भएकाले घटना देख्ने सोही स्थानमा रहेका भुजेल परिवारलाई पनि सिध्याएको बयान दिएका छन्।
















हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
प्रतिक्रिया