विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानबीच भिडन्त
मेरोन्यूज
२०८० असोज २७ गते १०:०३

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदै छ । खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि शुरु हुन लागेकाे हाे ।
आजकाे खेललाई विश्वकपकै ठुलो भिडन्तको रुपमा लिइएको छ ।
जारी खेलमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २-२ खेल जितेर शानदार शुरुवात गरेका छन् ।
भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । त्यसैगरी पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो ।
क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानका खेलाडी राम्रो फर्ममा रहेकाले यो खेल निकै रोचक हुने अनुमान गरिएको छ ।
सम्बन्धित















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया