सोमबार, माघ २६, २०८२

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु

मेरोन्यूज २०८० असोज २७ गते १०:२५

ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।

गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

गए राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया