भोजपुरका ४७५ जना आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।
आँखा जाँच तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमार्फत आँखाको प्रारम्भिक परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो ।आफ्नै गाउँमा आँखा सेवा लिन पाउँदा खुसी लागेको स्थानीयवासी जीतबहादुर भुजेलले बताए ।
“आँखा जाँच गराउन बाहिरका अस्पताल जाँदा धेरै खर्च र समय लाग्थ्यो,” उनले भने, “यहाँ नै शिविरमा सेवा पाउँदा निकै सहज भएको छ । हामी जस्तै धेरै नागरिक लाभान्वित भएका छौँ ।”
नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१, तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । दक्ष स्वास्थ्यकर्मीमार्फत स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष किरण राईले गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।
“गाउँस्तरसम्म सहज रूपमा आँखा स्वास्थ्य सेवा विस्तार गर्दै रोगीको पहिचान र उपचार गर्न शिविरमार्फत सेवा प्रवाह गरेका हौँ,” उनले भने, “सबै वडामा शिविर सञ्चालन गरी नागरिकलाई घरनजिकै सेवा प्रदान गरिएको छ ।”
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया