सरकारद्वारा इजरायलमा श्रम स्वीकृति बन्द

काठमाडौं । नेपाल सरकारले इजरायलमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम बन्द गरेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले इजरायलका लागि श्रम स्वीकृति दिने काम अनिश्चितकालका लागि बन्द भएको जानकारी दिए ।
९ दिन अगाडि हमासले आकस्मिक रुपमा इजरायलमाथि गरेको आक्रमणको प्रत्याक्रमणस्वरुप इजरायलको तर्फबाट भीषण बमबारी जारी छ ।
बढ्दो जोखिमबीच नेपाल सरकारले वैदेशिक रोजगारीका लागि नेपालीबीच आकर्षक एक गन्तव्य इजरायल तत्कालका लागि बन्द भएको हो ।
साथमा यसअघि नै श्रम स्वीकृति लिइसकेका र उडानको मिति निश्चित भइसकेकाको हकमा समेत यात्रा रोकिएको छ ।
अध्यागमन विभागले ट्राभल एडभाइजरी जारी गर्दै विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका सबै नेपाली नागरिकलाई इजरायल भ्रमणको योजना स्थगित गर्न आग्रह गरेको छ ।
वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मध्यपूर्वी मुलुकमध्ये इजरायल जानेले सबैभन्दा राम्रो आम्दानी गरिरहेका छन् । यो युद्धका कारण तत्कालका लागि आकर्षक रोजगारीको गन्तव्य बन्द हुँदा वैदेशिक रोजगारीमा ठूलो असर पर्ने उनी बताउँछन् ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९।८० मा श्रम स्वीकृति लिएर १ हजार ८४ जना नेपाली इजरायल गएका थिए । जसमध्ये ७८५ जना महिला हुन् । विभागका महानिर्देशक दाहालले अहिले इजरायलमा ५ हजार हाराहारी नेपाली वैदेशिक रोजगारीमा रहेको अनुमान रहेको बताए ।

















एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
टिपरको ‘हाइड्रोलिक’ उठाउँदा करेन्ट लागेर चालकको मृत्यु
NC President Thapa urges party candidates, cadres to lend ears to all voters
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
Two people killed in road accidents, four found dead in different locations
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
प्रतिक्रिया