चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गर्नुभएको प्रेस विज्ञप्ति स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह गरिएको छ । “मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपद्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न गराउन आग्रह गर्छौ”, विज्ञप्तिमा भनिएको छ ।
गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष २०७९ जेठ २२ गतेदेखि असोज ३० गतेसम्म कुल एक सय ८७ चट्याङका घटनामा ६० जनाको मृत्यु भएको थियो । यस्तै १ सय ५७ जना घाइते भएको थिए ।
“चट्याङ्को घटनाको सङ्ख्या अघिल्लो वर्ष विपद्का कारण भएका मृत्युमध्ये दोस्रो र घाइतेको सङ्ख्यामा प्रथम थियो भने यसवर्ष बढ्दो क्रममा देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, “चट्याङबाट स्वास्थ्य संस्थाको सुरक्षा र चट्याङबाट हुने घाइतेहरूको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य क्षेत्रको पूर्वतयारी अपरिहार्य छ ।”
















इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया