नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झर्यो

काठमाडौँ । सोमबार नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.३८, फ्लोट इण्डेक्स १.५८ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ।
आज २८४ स्टकको शेयर कारोबार हुँदा ३४ स्टकको मात्र मूल्य बढेको छ। २४२ स्टकको मूल्य घटेको छ भने ८ स्टकको मूल्य स्थिर रहेको छ।
नेप्से घटे पनि आज कारोबार रकम बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७० करोडको शेयर कारोबार भएको बजारमा आज ६९ हजार ८३२ पटकको कारोबारमा १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ४८ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। बैंकको यस दिन ६ करोड २४ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, हाथवे इन्भेष्टमेन्टको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
प्रतिक्रिया