कोशी विद्रोहपछि भएको ‘चिर्कटो’ सहमतिमा कांग्रेसका महामन्त्रीद्वयको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भएको सहमतिमा आपत्ति जनाएका छन् ।
पाटी सभापति देउवाले आफ्नो निवास धुम्बाराहीमा बोलाएको उपसभापति र महामन्त्रीहरूको बैठकमा उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
देउवासँगको छलफलपछि बाहिरिने क्रममा महामन्त्री शर्माले बैठकमा तीन नेताबीचको हस्तलिखित सहमतिमा छलफल भएको जानकारी दिए । ‘कोशीमा भएको घटनापछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच बालुवाटारमा भएको चिर्कटो सहमतिबारे बैठकमा छलफल भयो । त्यो चिर्कटो सहमतिप्रति हामी दुई महामन्त्री गगनजी र मैले असहमति प्रकट ग¥यौ,’ महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग भने ।
महामन्त्री शर्माले प्रधानमन्त्री दाहाल र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिनु उपयुक्त नभएको बताए ।
शर्माले भने, ‘शेखरका प्रति आशंका भए उहाँले वक्तव्य दिएको भए भइहाल्यो । त्यो चिर्कटो बनाइएको विषयमा हामी दुई महामन्त्रीको सहमति छैन ।’
सभापति देउवाले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने शर्माको भनाइ छ । कोशीमा भएको दुर्घटनाको जिम्मेवारी देउवाले नै लिनुपर्ने बताउँदै समस्यालाई सहमतिमै हलमा पुग्नुपर्ने बताए ।
कोशीमा अब कांग्रेसले विश्वासको मत दिनुपर्ने धारणा आफूहरूले राखेको बताए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया