२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरले लगानी जुटायो

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ । आज अर्थात असोज २९ गते सोमबार भएको लगानी सम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियमरपूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा सिटिजन्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमित बाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरी अधिकारी, विश्व बन्धु भट्टराई, माछापुछ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवड र सिभिल इन्जिनिय प्रमुख सिवसागर यादवको उपस्थिति रहेको थियो ।
यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतमा उल्लेख छ ।
२२।५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणधिन भैरहेको छ । अयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले बताएका छन् । २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए भएपनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रशारण लाइनमा जोड्ने गरी काम तिव्र गतिमा भैरहेको अध्यक्ष पन्तले जानकारी दिए ।
यस ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुप कै स्वामित्व रहेको अर्को आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत २ बर्ष अगाडि नै सम्पन्न भई विद्युत उत्पादन गरीरहेको कम्पनी हो ।
यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
















ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया