इजरायलबाट १८ नेपाली भारतको उद्धार विमानमार्फत दिल्ली आइपुगे

काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण घर फर्किन चाहनेमध्येका १८ जना नेपाली भारतीय उद्धार विमानमार्फत नेपाल आउन उडेका छन् ।
भारतले आफ्ना नागरिकको उद्धारका लागि सुरु गरेको ‘अपरेशन अजय’ अन्तर्गतको विशेष विमानमा उनीहरू मंगलबार भारत आइपुगेका हुन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत यस विषयमा जानकारी दिएका छन् । ‘अपरेशन अजय अगाडि बढ्दैछ । थप २८६ यात्रु भारत फर्किँदै छन्, जसमा १८ जना नेपाली नागरिक पनि रहेका छन्’, उनले लेखेका छन् ।
#OperationAjay update.
— Dr. S. Jaishankar (@DrSJaishankar) October 17, 2023
286 more passengers are coming back to India.
Also carrying 18 Nepalese citizens. pic.twitter.com/InoQVXQMUZ
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले फर्किन चाहने १८ नेपालीलाई भारतको उद्धार विमानमा पठाएको जानकारी दिइन ।
‘हामीले १२ अक्टोबरमा नेपाल एयरलाइन्समा २५४ जना नेपाली नागरिकलाई पठाएका थियौं । बाँकी रहेका नेपालीलाई लैजानका लागि थप उडानको व्यवस्था गर्ने भनेका छौं,’ उनले भनिन्, ‘तुलनात्मक हिसाबले असुरक्षित स्थानमा रहेकालाई तत्काल पठाउनुपरेकाले उनीहरूलाई पठाइएको हो ।’
इजरायलस्थित नेपाली दूतावासले फर्कनेहरुमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा इजरायल गएका रहेको बताएको छ ।
जहाज इजरायलको तेल अविवस्थित विमानस्थलबाट स्थानीय समय अनुसार दिउँसोको २ः५५ बजे उडेको जनाएको छ ।
घटनामा परी निधन भएकामध्ये पहिचान भएका शवको कानूनी प्रक्रिया पूरा गरी २, ३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको पनि दूतावासले जनाएको छ ।


















ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह
रविकाे दाबी : सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हुन्
मकवानपुरको वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
देश कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्यो : बालेन
सशस्त्र प्रहरी र भारती सुरक्षा बलबीच समन्वायात्मक बैठक
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया