ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान

काठमाडौँ । ‘तेस्रो एशिया– प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान भएका छन् । फोरम यही अक्टोबर १९ र २० मा आयोजना हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरेका थिए। दिगो विकासका लक्ष्य प्राप्तिमा ऊर्जा क्षेत्रले पु¥याएको योगदान, नेपालले अवलम्बन गरेको नीति, कार्यक्रम र लक्ष्य तथा त्यसबाट प्राप्त प्रगतिलगायत विषयमा मन्त्री बस्नेतले सो कार्यक्रममा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
यस्तै जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल महत्वपूर्ण हुनेछ । कार्बन उत्सर्जन र न्यूनीकरणका लागि गरिएको प्रयासका बारेमा समेत उक्त कार्यक्रममा विचार विमर्श हुने बताइएको छ । मन्त्री बस्नेतको साथमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल पनि थाइल्याण्ड प्रस्थान भएका छन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया