मध्यावधिको विपक्षमा रहँदासम्म कोशी सरकारलाई समर्थन : एमाले

बिराटनगर । नेकपा एमालेले मध्यावधि निर्वाचनको विपक्षमा रहँदासम्म कोशी प्रदेश सरकारलाई समर्थन गर्ने बताएको छ । विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेश सभामा मंगलबार भएको छलफलमाका एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् भन्ने चाहेको बताए ।
उनले जबसम्म संघीयताको पक्षमा उभिन्छ र मध्यावधिको विपक्षमा रहन्छ, सरकारलाई समर्थन गरिरहने बताए । कांग्रेस मिलेमा आफूहरूलाई सरकारमा बस्न कुनै आपत्ति नरहेको कार्कीले बताए ।
‘अहिलेपनि तपाईहरु सबै मिल्नुहुन्छ भने हामीलाई सरकार बाहिर बस्न कुनै आपत्ति छैन’ कार्कीले भने, ‘एमालेका कारण गठबन्धनलाई अप्ठ्यारो परेको हो भने म आग्रह गर्न चाहन्छु, गठबन्धनएक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् ।’
कसैलाई बाहिर नराखी प्रदेशलाई अगाडि बढाउन पनि एमाले तयार रहेको कार्कीले बताए । कार्कीले भने, ‘सहकार्य र सहमतिका साथ अगाडि बढ्न तयार छौं । तर त्यसका लागि हाम्रा मुल्य मान्यताहरुलाई धरौटी राखेर संविधान कुल्चिएर तयार हुन्नौं ।’
कार्कीले मध्यावधिको निर्वाचनमा कोशी प्रदेश छैन है भन्ने सन्देश दिने गरी सरकारलाई विश्वासको मत दिनराप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई आग्रह गरे ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया