शेयर कारोबारमा ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय

काठमाण्डौ – नेपाल धितोपत्र बोर्डले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ ।
बोर्डले लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्डलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले घटेको छ ।
बोर्डले यसअघि २०७७ सालको पुस १० गते संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो ।
अब माथिल्लो सीमालाई शून्य दशमलव ३० प्रतिशत कायम गर्ने र न्यूनतम सीमालाई घटाएर शून्य दशमलब २५ प्रतिशत कायम गर्ने तयारी रहेको बोर्डले जनाएको छ । लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २० प्रतिशत र त्यसैबाट सीडीएससीलाई २५ प्रतिशत कमिसन जाने गरेको छ । यस्तै अहिले शेयर लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै शून्य दशमलव शून्य १५ प्रतिशत कमिसन तिर्ने गरेका छन् ।
अहिले ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, २० लाखभन्दा माथि १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोडभन्दा माथि जतिसुकैको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
प्रतिक्रिया