एक लाख लुटेर भागेका २ युवा पक्राउ
मेरोन्यूज
२०८० कार्तिक १ गते १८:४९

दाङ । – दाङको तुलसीपुरबाट १ लाख रुपैयाँ लुटेर भागेका २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलका २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट पैसा निकालेलगत्तै पिछा गरी उनीहरूले लुटेका थिए । पैसा लुटिएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट परिचालन भएको प्रहरी टोलीले तुलसीपुर–१० राइखल्यान क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया