गृहमन्त्रीको स्वास्थ्य अवस्था खतरामुक्त : सरकार

काठमाडौं । सरकारले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको छ ।
गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा रहेका बेला गएराती छातीमा समस्या देखेपछि अस्पताल भर्ना भएका थिए । उनलाई माइन्ड हटट्याक भएको थियो । उनको अप्रेसन गरि रोकिएको रक्त नली खुलाउने कार्य भईसकेको छ ।
उनी चीनको वेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचार गराईरहेका छन् । उनलाई दुई दिन आईसियुमा राखेरै निगरानी गरिने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्थाबारे सरकारले खतरामुक्त रहेको जनाएको छ । मनित्रपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले उपप्रधान तथा गृहमन्त्री खतरामुक्त रहेको जानकारी दिएकी हुन् ।
‘चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँ अहिले खतरामुक्त हुनुहुन्छ,’ सञ्चारमन्त्री शर्माले भनिन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया