सोनामाई मन्दिरमा तान्त्रिक मेला सुरु

महोत्तरी । प्रसिद्ध शक्तिपिठ सोनामाई मन्दिरमा तान्त्रिक मेला सुरु भएको छ ।
औरही नगरपालिका–७ भोइलस्थित सो मन्दिरमा नवरात्रको पाँचौँ दिन परम्पराअनुसार आज तान्त्रिक मेला सुरु भएको हो । स्थानीयबासी यसलाई ‘भूतमेला’ पनि भन्ने गर्दछन् ।
नवरात्रको पञ्चमीदेखि नवमी तिथिभर रहने यो मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार्छन् । यसरी पुकारेपछि दुष्टात्माले छोड्ने विश्वास गरिन्छ ।
वर्षौंदेखि भूत, पिसाच, जादुटुनाको कुचक्र र बोक्साबोक्सीबाट सताइएर जीवन र मृत्युको दोसाँधमा परेका मानिस मन्दिर सीमाक्षेत्रमा प्रवेश गरेलगत्तै भुईमा लडिबुडी गर्ने, रुने, हास्नेजस्ता असमान्य गतिविधि देखाउने र मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झा बताउछन् ।
पञ्चमीदेखि नवमीसम्म आयोजना गरिने यो मेलामा मधेश प्रदेशभरिकै र छिमेकी भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको पनि यहाँ घुइँचो लाग्ने गरेको छ । यो तन्त्र साधनाका लागि उपयुक्त अवसर पनि मानिन्छ । कति तन्त्रमन्त्र, टुनामुना सिक्न चाहने व्यक्ति पनि यहीँ नै गुरु थापेर यो विधिको अभ्यास पनि गर्छन् ।
यहाँ तन्त्रसाधना गराउने गुरुले मानवहितलाई सर्वोपरी राखेर साधना गर्न सिकाउने पुजारी झाको भनाइ छ । सोनामाई शक्तिपीठमा दर्जनौँ धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मान्यता रहेको उनको भनाइ छ । माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि यस्तो असर नपर्ने जनविश्वास रहेको छ ।
मेलाको पारम्पागत र सांस्कृतिक महत्व भए पनि भूतमेलासँग जोडिएर आउने बोक्साबोक्सी र कथित दुष्टात्माको कुरा भ्रममात्र भएको नयाँ पिँढीका युवा बताउँछन् । बडादसैँ पर्वमा देवी दुर्गाको महत्व उजागर गर्नु र मातृसत्ताप्रति श्रद्धाभाव जगाउनु उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सीजस्ता अन्धविश्वासको पछि लाग्न नहुने र मेलाको यो पक्षलाई परिस्कार गरिनुपर्नेमा भङ्गाहा–४ का युवा रामईश्वर ठाकुरले जोड दिए ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
प्रतिक्रिया