हृदयाघात भएका गृहमन्त्री श्रेष्ठ अपरेसनपछि बोल्न सक्ने भए
मेरोन्यूज
२०८० कार्तिक २ गते १४:५७

काठमाडौँ । चीन भ्रमणका क्रममा हृदयाघात भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था खतरामुक्त रहेको सरकारले जनाएको छ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा गृहमन्त्री श्रेष्ठ हाल बोल्नसक्ने अवस्थामा आएको जानकारी दिएकी हुन्।
चीन भ्रमणका क्रममा बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई गएराति हृदयाघात भएको हो। राति नै उनलाई त्यहाँस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरि अपरेसन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।
‘बेइजिङस्थित अस्पतालमा अपरेसन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ’, उनले भनिन्, ‘केही दिन उहाँ उतै रहनु हुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ।’

सम्बन्धित










मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया