आइतबार, माघ २५, २०८२

बिरामी पर्यटकको हेलिकप्टरमार्फत उद्धार

मेरोन्यूज २०८० कार्तिक ३ गते १८:००

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

भोटखोला–२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए ।

बिरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय र प्रहरीको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको श्रेष्ठले बताए ।

डानियल एक दिनअघि भोटखोलाको थुदाम पुगेका थिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएका उनका साथमा कति जनाको समूह थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया