आइतबार, माघ २५, २०८२

एनआरएनएकाे महाधिवेशन प्रक्रिया स्थगित

मेरोन्यूज २०८० कार्तिक ३ गते १९:४४

काठमाडाैं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशन प्रक्रिया स्थगित भएको छ।

बिहीबार सम्पन्न निर्वाचनबाट बहालवाला अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

एनआरएनएको ११औं महाधिवेशनमा नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरु राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठले धाँधली भएको आरोप लगाएका थिए । निर्वाचनको सबै प्रक्रिया रोक्न माग गर्दै उनीहरुले निर्वाचन अधिकृत समक्ष निवेदन दिएका थिए । विद्युतीय प्रणालीबाट भएको निर्वाचन प्रणालीमा गम्भीर त्रृटि भएको उनीहरुको आरोप छ ।

एनआरएनएको महाधिवेशन समापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो । मतपरिणामका सम्बन्धमा विवाद भएपछि प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रममा सहभागी भएनन् ।

प्रतिक्रिया