मकवानपुरमा छ अर्ब ६० करोड राजस्व असुली

मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । उक्त कार्यालयले अन्तः शुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ ।
यसैगरी, आयकरतर्फ रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली भएको छ भने रु दुई करोड ५१ लाख ६१ हजार बहाल कार, ब्याज करमा छ करोड ३५ हजार, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार र शिक्षा सेवाकरबापत रु सात हजार मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ ।
अघिल्लो आव २०७८/७९ को तुलनामा यसवर्ष २०७९/८० मा वार्षिक लक्ष्यभन्दा रु ३३ करोड १४ लाख ४० हजार राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार, सङ्कलित राजस्वमध्ये हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भई राजस्व असुलीमा निकै तीव्रता ल्याइएको जानकारी दिए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया