मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु
मेरोन्यूज
२०८० कार्तिक ४ गते ८:५९

मकवानपुर। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।
त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हाे ।
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया