आइतबार, माघ २५, २०८२

भरतपुरको भाटभटेनी नजिकै युवकको शव फेला

मेरोन्यूज २०८० कार्तिक ४ गते १५:३५

चितवन । भरतपुरको भाटभटेनी नजिकै एक युवक मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका –१० स्थिति भाटभटेनी नजिकै कुलोमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् ।

उनको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया