आइतबार, मंसिर ७, २०८२

‘कफी विथ करण’ नयाँ सिजनको पहिलो अतिथि दीपिका–रणवीर

मेरोन्यूज २०८० कार्तिक ५ गते १४:०६

काठमाडौं । करण जोहरको सेलिब्रेटी च्याट शो कफी विथ करणको ८ औं सिजन चाँडै सुरु हुँदैछ ।

बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादुकोणलाई यस सिजनको पहिलो एपिसोडमा सँगै देख्न पाइने बताइएको छ । यसअघि पनि उनीहरु करणको शोमा आइसकेका छन् । तर दुवै अलग–अलग आएका थिए । कफी विथ करणमा रणवीर र दीपिकालाई पहिलो पटक सँगै देख्न पाइने भएको हो ।

शोमा दुवैले आफ्नो बिहेका केही एक्सक्लुशिभ भिजुअल देखाउन सक्ने बताइएको छ । यी दुईको बिहे सन् २०१८ मा इटलीमा भएको थियो ।

विवाहमा उनीहरुका नजिकका साथीभाइ र परिवारका सदस्य मात्रै सहभागी थिए ।दुवैले आफ्नो विवाहको धेरै तस्विर सेयर गरेपनि भिडियो भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।

एपिसोडको सुटिङका ​​क्रममा सेटमा उपस्थित व्यक्तिहरुका अनुसार यो एपिसोडमा उनीहरुले आफ्नो प्रेमकथाको बारेमा पनि चर्चा गर्ने छन् । दुबैको भेट कसरी भयो, कसरी सम्बन्धमा आए र कसरी दुबैले बिहे गर्ने निर्णय गरे । यी सबै कुराहरू एपिसोडभर छलफल गरिनेछ।

प्रतिक्रिया