‘कफी विथ करण’ नयाँ सिजनको पहिलो अतिथि दीपिका–रणवीर

काठमाडौं । करण जोहरको सेलिब्रेटी च्याट शो कफी विथ करणको ८ औं सिजन चाँडै सुरु हुँदैछ ।
बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादुकोणलाई यस सिजनको पहिलो एपिसोडमा सँगै देख्न पाइने बताइएको छ । यसअघि पनि उनीहरु करणको शोमा आइसकेका छन् । तर दुवै अलग–अलग आएका थिए । कफी विथ करणमा रणवीर र दीपिकालाई पहिलो पटक सँगै देख्न पाइने भएको हो ।
शोमा दुवैले आफ्नो बिहेका केही एक्सक्लुशिभ भिजुअल देखाउन सक्ने बताइएको छ । यी दुईको बिहे सन् २०१८ मा इटलीमा भएको थियो ।
विवाहमा उनीहरुका नजिकका साथीभाइ र परिवारका सदस्य मात्रै सहभागी थिए ।दुवैले आफ्नो विवाहको धेरै तस्विर सेयर गरेपनि भिडियो भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।
एपिसोडको सुटिङका क्रममा सेटमा उपस्थित व्यक्तिहरुका अनुसार यो एपिसोडमा उनीहरुले आफ्नो प्रेमकथाको बारेमा पनि चर्चा गर्ने छन् । दुबैको भेट कसरी भयो, कसरी सम्बन्धमा आए र कसरी दुबैले बिहे गर्ने निर्णय गरे । यी सबै कुराहरू एपिसोडभर छलफल गरिनेछ।


















५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया