हङकङमा गुडिरहेको ट्याक्सीले नियन्त्रण गुमाउँदा लाग्यो आगो
मेरोन्यूज
२०८० कार्तिक ५ गते १६:२९

हङकङ । हङकङको साइकुङमा तीव्र गतिको ट्याक्सीले नियन्त्रण गुमाउदा दुर्घटना भएको छ ।
क्लियर वाटर बे रोड हुँदै साइकुङतर्फ तीव्र गतिमा कुदेको ट्याक्सी दायाँ मोड्न खोज्दा नियन्त्रण गुमाई उक्त दुर्घटना भएको हो।
तीव्र गतिको ट्याक्सी ढुंगामा ठोकिएर पनि नरोकिइ आगोको लप्का छोड्दै अगाडि बढे पछि झाडीमा खसेको थियो।
झाडीममा पुग्दा सम्म जलिरहेको ट्याक्सीले तीन बल्ड्याङ खाइसकेको थियो। तर दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
ट्याक्सी पल्टिने क्रममा चालक बाहिर खसेका थिए। उनको हात भाँचिएको छ। ट्याक्सीमा रहेका एक पुरुष यात्री थिए । उनलाई सामान्य चोट लागेको छ ।
दुवै जनालाई उपचारका लागी प्यारामेडिकको टोलीले चुङक्वान ओ अस्पताल लगिएको भए पनि पछि क्विन एलिजाबेथ अस्पताल सारियो।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया