सोमबार, माघ २६, २०८२

रौतहटको वाग्मती नदीमा डुबेर बालकको मृत्यु

मेरोन्यूज २०८० कार्तिक ५ गते १८:०२

काठमाडौं । रौतहटको वाग्मती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

राजदेवी नगरपालिका ९ व्रहम्पुरीका वीरेन्द्र दासका १० वर्षीय छोरा गौतम दासको आज दिउँसो १२: २५ बजे नुहाने क्रममा नदीमा डुबेका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया