सोमबार, माघ २६, २०८२

इजरायलमा मारिएका ४ विद्यार्थीको शव धनगढी ल्याइयाे

मेरोन्यूज २०८० कार्तिक ५ गते १८:२८

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव धनगढी ल्याइएको छ ।

आज बिहान काठमाडौं ल्याइएका चारवटै शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पुर्याइएको हो ।

दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाडौँ ल्याइएको थियो ।

उनीहरूकाे शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै स्थानीय प्रशासनले शवहरू धनगढीबाट पीडितको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ ।

आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया