धनगढीमा अवैध लागूऔषधसहित दुईजना पक्राउ

सर्लाही । सर्लाही मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका(२ मिँयाखोरस्थित सडकमा बीआर ०६ बीके ५३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय महलाजिम अंसारीको बुधबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बयलबासस्थित सिद्धि बिनायक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली । धनगढीमा अवैध लागूऔषध एकजनालाई प्रहरीले पक्राउ गरको छ ।
धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही स्थानका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
















सोमबारको राशिफल, कुन राशिका लागि शुभ रहला आजकाे दिन ?
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया