दसैंमा आयात बढ्यो, निर्यात बढेन

काठमाडौा । असोज महिनामा आयात बढेको छ भने निर्यात घटेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज महिनाको आयात निर्यातको तथ्याङ्कमा आयात बढे पनि निर्यात नबढ्दा व्यापार घाटा थप बढेको उल्लेख छ।
विभागका अनुसार असोजसम्ममा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो।
चालु आर्थिक वर्ष लागेदेखि नै आयात घट्दै आइरहेको थियो। दशैंका लागि व्यवसायीहरूले आयात बढाउँदा आयातमा वृद्धि देखिएको हो। जसरी आयात बढेको छ, त्यसैगरी नै निर्यात भने बढ्न सकेन।
असोजमा निर्यात ४० अर्बको मात्रै भएको छ। त्यो पनि गत वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशत कम हो। जबकि आयात मात्रै ४ खर्ब भन्दा बढी भएको छ। निर्यात भने ४० अर्बमा खुम्चिएको छ।
निर्यातको तुलनामा आयातलाई प्रतिशतमा हेर्ने हो भने ९७.५७ प्रतिशत बढी हो। आयात निर्यातमा देखिएको खाडलले व्यापार घाटा थप बढाएको छ। असोजसम्म व्यापार घाटा २.१५ प्रतिशत भएको विभागको तथ्यांकमा उल्लेख छ।
आयातमा सबैभन्दा पहिलो स्थान डिजेलको छ भने दोस्रोमा पेट्रोल परेको छ। सबैभन्दा धेरै आयात हुने १० बस्तुमा यस पटक विद्युतीय गाडी समेत परेका छन्।
गएको तीन महिनामा चीनबाट मात्रै एक हजार ३५ वटा त्यस्ता जीप भ्यान आएको विभागको तथ्यांकमा उल्लेख छ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया