मिनी ट्रक दुर्घटना हुँदा २ को मृत्यु
मेरोन्यूज
२०८० कार्तिक १४ गते १६:३४

काभ्रे । काभ्रेको पनौती नगरपालिका–२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा.४ ख.६७२३ नम्बरको पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा सवारी चालक पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले दुर्घटनामा सख्त घाइते भएका आचार्य र केसीको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनमा बेथानचोक–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएकी छन् ।
सम्बन्धित














कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया