बुधबार, वैशाख २३, २०८३

राष्ट्रियसभा अध्यक्षसहित यी २० जना सांसदको सकिदैछ पदावधी (सूचीसहित)

मेरोन्यूज २०८० कार्तिक १५ गते १३:१९

काठमाडौं । राष्ट्रिय सभाका २० जना सांसदहरुको पदावधी फागुन २० मा सकिदैछ । त्यसका लागि संविधान अनुसार निर्वाचन आयोगले माघ दोस्रो साता (१०, ११ र १२ मध्ये एक दिन) निर्वाचन गराउने तयारी गरिरहेको छ । त्यसका लागि सरकारसाग परामर्श समेत आयोगले थालिसकेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन् ।

Advertisement
NiccNicc

राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनासहितका २० जनाको पदावधी सकिन लागेका हो । यसरी पदावधी सकिन लागेकामा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसद छन् ।

एमालेबाट
राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना,
प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ,
इन्दु कडरिया,
कुमार दसौँदी,
दीपा गुरुङ,
दिलकुमारी रावल थापा (पार्वती) (राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति)
नरपति लुवार,
रामचन्द्र राई
विमला राई पौड्याल (सरकारको सिफारिसमा
तत्कालिन राष्ट्रपतिबाट मनोनित)

नेपाली कांग्रेस
रमेशजंग रायमाझी (राष्ट्रिय सभा दलको नेता)
अनिता देवकोटा (प्रमुख सचेतक)
प्रकाश पन्थ (दिगो विकास तथा सुशासन समिति सभापति)
जितेन्द्रनारायण देव

माओवादी केन्द्र
विना पोखरेल,
महेशकुमार महरा
हरिराम चौधरी

एकीकृत समाजवादी
नन्दा चपाईं
सिंगबहादुर विश्वकर्मा

जसपा
प्रमिलाकुमारी यादव (राज्यमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि)

स्वतन्त्र
खिमलाल देवकोटा

प्रतिक्रिया