राष्ट्रियसभा अध्यक्षसहित यी २० जना सांसदको सकिदैछ पदावधी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय सभाका २० जना सांसदहरुको पदावधी फागुन २० मा सकिदैछ । त्यसका लागि संविधान अनुसार निर्वाचन आयोगले माघ दोस्रो साता (१०, ११ र १२ मध्ये एक दिन) निर्वाचन गराउने तयारी गरिरहेको छ । त्यसका लागि सरकारसाग परामर्श समेत आयोगले थालिसकेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन् ।
राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनासहितका २० जनाको पदावधी सकिन लागेका हो । यसरी पदावधी सकिन लागेकामा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसद छन् ।
एमालेबाट
राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना,
प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ,
इन्दु कडरिया,
कुमार दसौँदी,
दीपा गुरुङ,
दिलकुमारी रावल थापा (पार्वती) (राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति)
नरपति लुवार,
रामचन्द्र राई
विमला राई पौड्याल (सरकारको सिफारिसमा
तत्कालिन राष्ट्रपतिबाट मनोनित)
नेपाली कांग्रेस
रमेशजंग रायमाझी (राष्ट्रिय सभा दलको नेता)
अनिता देवकोटा (प्रमुख सचेतक)
प्रकाश पन्थ (दिगो विकास तथा सुशासन समिति सभापति)
जितेन्द्रनारायण देव
माओवादी केन्द्र
विना पोखरेल,
महेशकुमार महरा
हरिराम चौधरी
एकीकृत समाजवादी
नन्दा चपाईं
सिंगबहादुर विश्वकर्मा
जसपा
प्रमिलाकुमारी यादव (राज्यमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि)
स्वतन्त्र
खिमलाल देवकोटा
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया